


काठमाडौं,१०असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली चीन भ्रमणबाट फर्किएको छ। पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर दश दिने भ्रमणका लागि डा. वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो ।

भ्रमण टोलीमा पार्टी उपसभापति डा. वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ रहेका थिए ।

