Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » किर्ते प्रज्ञापन पत्र बनाएर गाडी चलाउनेसहित चार जना पक्राउ
    अर्थ

    किर्ते प्रज्ञापन पत्र बनाएर गाडी चलाउनेसहित चार जना पक्राउ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन १०, बिहीबार १८:०८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १०असोज। भैरहवा भन्सार कार्यालयले किर्ते प्रज्ञापन पत्र बनाएर गाडी चलाउने व्यक्तिसहित संग्लन आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा गाडी चालक चितवन रत्नगर नगरपालिका–३ घर भई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ का ४१ वर्षीय सुरेश साह कलवार, संग्लन सोही स्थानका ४१ वर्षीय ललन ठाकुर र सिद्धार्थनगर नगरपालिका–१ का ३१ वर्षीय विकास गुरुङ र सोही स्थानका २३ वर्षीय सोनु मधेसिया रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यालयले डीएल वान सीएए ५५७८ भारतीय नम्बर प्लेट क्रेटा कार लामो समय देखि शंकास्पद रुपमा सीमानाकाबाट आवजावत गरेको पाएपछि कार चालक कलवार र कार नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको थियो ।

    पक्राउ परेका चालक कलवारले कारको अस्थायी पैठारीको रुपमा भन्सार कार्यालयको यात्रु शाखाको गत असोज २ गते देखि ३ गते (दुई दिन) सम्मका लागि भन्सार गरिएको प्रज्ञापन नम्बर एम ११०८१२ उल्लेखित कागजात देखाएका थिए। जसमा कार्यालयले किर्ते छाप देखि लिएर कर्मचारीको दस्तखतसम्म थियो ।

    ‘चालकले प्रज्ञापन पत्र देखाएपछि प्राप्त सूचना अनुसार हामीलाई शंका लाग्यो र हामीले उक्त नम्बर आंशिकुडा प्रणालीमा भिडान गर्दा गलत भेटियो’ भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले क्लिक लुम्बिनीसँग भने, ‘त्यो प्रज्ञापन पत्रबाट यूपी ५६ टी ६२९७ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकको अस्थाई पैठारी भएको देखिएपछि प्रज्ञापन पत्र नै किर्ते गरिएको भन्ने खुल्यो ।’

    पक्राउ परेका चालक कलवारले आफुले ललन ठाकुर हुदै विकास गुरुङमार्फत भन्सार गराएको प्रारम्भिक बयान दिएपछि ठाकुर र गुरुङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा गुरुङले आफुले सोनु मधेसियासँग मिलेर किर्ते प्रज्ञापन पत्र बनाएको स्विकार गरेको सूचना अधिकारी चौधरीले बताए ।

    उनका अनुसार नियन्त्रणमा लिइएको उक्त कार अमरदीप कौर नामक भारतीय नागरिकको नाममा रहेको र कलवारले किर्ते प्रज्ञापन पत्रको आधारमा चलाउँदै आएका थिए।

    पक्राउ परेका व्यक्तिहरुले उक्त प्रज्ञापन पत्र भारतीय सीमावर्ती बजार नौतनवाको बनेलिया माई मन्दिर अगाडी रहेको साईबर क्याफेबाट बनाएको र पत्रमा कर्मचारीको दस्तखत समेत आफुहरुले नै गरेको बयान दिएको र थप अनुसन्धान भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    किर्ते किर्ते प्रज्ञापन पत्र प्रज्ञापन पत्र भैरहवा भन्सार भैरहवा भन्सार कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.