Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र, मुख्यमन्त्रीद्वारा उद्घाटन
    प्रमुख समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र, मुख्यमन्त्रीद्वारा उद्घाटन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन १२, शनिबार १०:३० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १२ असोज। लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाडौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्नेछन् । चीनमा अध्ययनका लागी जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

    सिकाई केन्द्रको औपचारिक उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । एचएसके सेन्टरको बोर्ड अनावरण गरेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालयको बीचमा चिनियाँ भाषा सिकाई केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योगदान गर्ने बताए । ‘दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भने,‘चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्नेछ ।’

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परीक्षाको लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

    ‘चिनियाँ भाषा परीक्षाको लागी काठमाडौं धाउनुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ’उनले भने,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।’

    बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले एक वर्षअघि चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य–सम्झौता अनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।

    यसैबीच विश्व विद्यालयमा शुक्रबार नै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको छ । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चीनका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।

    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.