
हृदयराम गुप्ता
भैरहवा, १२ असोज । रुपन्देहीमा चालक र सहचालकसहित ढुध ढुवानी गर्ने गाडी खोलाले बगाएको आशंकामा खोजतलास सुरु गरिएको छ।
Advertisement

Advertisement
Advertisement

भे १ च २६७६ नम्बरको गाडीका चालक र सहचालकले भैरहवा, बुटवल लगायत क्षेत्रमा दुध पुर्याउनका लागि सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट एकाबिहानै दुध लिएर निस्किएका थिए। बिहानै निस्किएको गाडी हालसम्म पनि गन्तव्यमा नपुगेकोले खोजतलास भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
मर्चवारबाट उक्त गाडी मार्फत दैनिक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडीको बाटो हुँदै दुध ढुवानी हुने रुट थियो । र, शनिवार पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेका प्रजिअ अर्यालले बताए ।
उनले भने, ‘उक्त सडकमा पर्ने घाघरा खोलानिर सडक निकै ओरालो रहेकोले सो ठाउँबाट गाडी बगाएको आशंकापछि सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गरिरहेको छ । तर, गाडी बगाएको प्रमाणित जानकारी आएको छैन । ’
विभिन्न ठाउँमा दुध पुर्याउन बिहान ५ बजे हिडेको उक्त गाडीसहित चालक र सह(चालक अहिलेसम्म सम्पर्कमा नआएको तिवारी दुध संकलन केन्द्रका सञ्चालक पुनेन्द्र तिवारीले बताए । दिउँसोसम्म सम्पर्कमा पनि नआएपछि प्रहरीलाई खबर गरी खोजतलास सुरु गरिएको उनले बताए।

