
भैरहवा,१३असोज। अविरल वर्षाले आएको बाढीका कारण शनिवार (हिजो) खोलाले बगाएको गाडी आइतबार भेटिएको छ। मर्चवारको सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट भे १ च २६७६ नम्बर गाडीमा दुध लिएर भैरहवा आउने क्रममा घाघरा खोला क्षेत्रबाट गाडीसहित चालक र सहचालक बेपत्ता भएका थिए ।
बाढी आएका कारण गाडीमा खोलाले बगाएको आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजतलास गर्दा १४ फिट मुनि खोलामा गाडी बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले बताए ।
Advertisement

Advertisement
Advertisement

क्रेनको सहायताले बरामद गाडी निकाल्ने प्रयास भइरहेको उनले बताए। गाडीसँगै बेपत्ता भएको चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध फेला नपरेकोले खोजी जारी रहेको उनले जानकारी दिए । शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा गाडी र मानिस खोजी गर्दै आएको छ ।

