Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रोहिणीले शैक्षिक सुधारका लागि परिक्षाको नतिजा अध्ययन गर्ने
    प्रमुख समाचार

    रोहिणीले शैक्षिक सुधारका लागि परिक्षाको नतिजा अध्ययन गर्ने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन १५, मंगलवार १२:१५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १५ असोज । रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

    बैठकले शैक्षिक वर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागि नतिजा अभिलेख राखी अध्ययन गर्ने निर्णय गरेको छ । त्यस्तै नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सो को जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चार जगतलाई गराउनुका सातै नतिजा सुधारका लागि विद्यालयहरुलाई दबाब दिने निर्णय गरिएको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसै गरी प्रधानाध्यापकहरुलाई व्यापक रुपमा सशक्तिकरण गर्नुका साथै पूर्ण रुपमा जवाफदेही बनाउने, विद्यालय व्यवस्थापन समितिले विद्यालयमा नतिजा सुधारको लागि वातावरण बनाउने, गाउँ शिक्षा समितिले नतिजा सुधार सम्बन्धमा गरेको सबै निर्णयलाई लिखित रुपमै विद्यालयलाई जानकारी गराउने, तोकिएको नतिजा हासिल गर्नका लागि प्रधानाध्यापक र विषयगत शिक्षकबीच कार्यसम्पादन करार सम्झौता गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

    त्यस्तै गाउँ शिक्षा समितिका सदस्य तारानाथ त्रिपाठीलाई विद्यालय अनुगमन गर्न लगाइ सुधारको लागि मार्गचित्रसहितको प्रतिवेदन पेश गर्न लगाउने बैठकले निर्णय गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले बताए ।

    बैठकले पढाइको माध्यम अंग्रेजी विषयबाहेक अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग गर्न आवश्यक कार्य गर्ने, नतिजा सुधारका लागि विद्यार्थीहरुसमेत परिचालन गर्ने–गराउने र विद्यार्थी नियमितताको लागि स्थानविशेष अनुरुपको प्रयास गर्ने लगायत निर्णयहरु गरेको छ ।

    बैठकमा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो दायित्व बुझ्नुपर्छ । सबै जिम्मेवार बन्नुपर्छ । कडाइ गर्नुपर्छ ।’

    गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले प्रधानाध्यापक विद्यालयको प्रशासक रहेको बताए । उनले प्राथमिक तहदेखिको पढाइलाई मजबुत बनाउन सके शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

    गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले विषयगत शिक्षकले आफूले पढाएको विषयप्रति जवाफदेही र जिम्मेवारी हुनैपर्ने बताए ।

    बैठकमा गाउँ शिक्षा समितिका सदस्यहरु तारानाथ त्रिपाठी, इन्द्र कुमार यादव, मुबारक अली, मनोज कुमार यादव, धनेश्वर कंवर, प्रेमनाथ त्रिपाठी, लक्ष्मी जि.सी.लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रोहिणी गाउँपालिका विधा प्रसाद यादव
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.