
भैरहवा,१५ असोज। लुम्बिनी प्रदेशका तीन निर्माण कम्पनीहरु कलोसूचीमा परेका छन् । विभिन्न सरकारी कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको अवधिम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी प्रदेशका तीन निर्माण कम्पनीहरु कलोसूचीमा राखेको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तीन निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन कार्यालय, शिवपुर, कपिलवस्तुको अनुरोधमा सिद्धार्थनगर–१२ को मर्चवार कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षसम्मका लागि कालोसूचिमा राखेको छ ।
उक्त निर्माण कम्पनीको संचालक राजेश्वर यादव रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, ओभरी, बाँकेको अनुरोधमा बाँकेको नेपालगंज–६ को श्री नेपाल विल्डर्सलाई एक वर्ष कालोसूचिमा राखेको छ । उक्त कम्पनीको मुख्य व्यक्ति फातमा जवी खाँन हुन् ।
यस्तै, लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय, बर्दियाको सिफारिसमा अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियालाई एक वर्षसम्म कालोसूचिमा राखेको छ । उक्त कम्पनीका संचालक अमन यादव हुन् ।

