


भैरहवा,१६असोज। प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, गोरखपुरका २४ वर्षीय शिव गुप्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले लागुऔषधसहित बेलहियाबाट उक्त भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले यूपी ५६ ईपी २७३३ नम्बरको गाडी (कार)लाई रोकेर चेकजाँच गर्दा पक्राउ परेका गुप्ताको साथबाट १७४ ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।
पक्राउ परेका गुप्ताविरुद्ध लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

