


मर्चवार,१६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजना र कोटहीमाई गाउँपालिकाको समन्वयमा असोज १८ गते कटया आधारभूत विद्यालयको छेउ स्थित बगैँचामा शिविर संचालन हुने कोटहीमाई गाउँपालिकाको अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए।

बिहान ९ बजे देखि संचालन हुने उक्त शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा, गोरु, भेडा लगायत पशु चौपायाहरुको स्वास्थ्य परीक्षण गरिने गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए। शिविरमा स्वास्थ्य जाँच गरिने पशु चौपायाहरुका लागि आवश्यकताको अवस्थामा निःशुल्क औषधी समेत उपलब्ध गराइने उनले जानकारी दिए।
स्थानीय पशुपालकहरुलाई सहजता र बदलिदो मौसम लगायत कारणले पशुहरुलाई हुने विभिन्न रोगबाट बचाउनका लागि उक्त शिविर संचालन गरिएको बताइएको छ।

