
कपिलवस्तु,१७असोज। कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर संचालनमा ल्याइएको छ। रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला सम्बन्धी रोगका विरामीहरुलाई सेवा प्रदान गर्नका लागि सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टर संचालनमा आएसँगै डायलाइसिस सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
पाँच करोड लागतमा स्थापना भएको सेन्टरमा दैनिक ६० जना बिरामीलाई सेवा दिने सक्ने उद्देश्यले दश वटा डायलाइसिस मेसिन राखिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बिहिवार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाणगंगा–१ स्थित रहेको उक्त सेन्टरको उद्घाटन गर्दै स्वास्थ्य सेवामा सुधारका लागि सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्ने बताए।
कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन् । चार वटा शाखा र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट सर्वसाधरणले नियमित सेवा लिँदै आएको अस्पतालले जनाएको छ।

