
भैरहवा,२०असोज । बढ्दो प्रविधिको प्रयोगसँगै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले पनि रक्तसञ्चार सेवालाई प्रविधिमैत्री बनाएको छ।
सोसाइटीले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर रक्तसञ्चार सेवालाई अत्याधुनिक, व्यवस्थित, मितव्यायी, जवाफदेहिता, पारदर्शी र डिजिटल रुपमा सञ्चालन गर्नका लागि ‘ब्लड बैंक सफ्टवेयर र ‘मोबाईल एप’ संचालनमा ल्याइएको जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष शुशिल गुरुङका अनुसार संचालनमा ल्याइएको सफ्टवेयर अन्तरगत सम्पुर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र प्रिन्टेड बिल, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट र नगद भौचर ईमेल मार्फत पठाउन मिल्नेछ ।
त्यस्तै रगतको म्याद गुज्रिएको अर्लाम प्रणाली, अनलाईन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने र रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।
रुपन्देहीमा सञ्चालनमा ल्याईएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । उनले मोबाईल एपलाई थप व्यवस्थीत र परिमार्जन गर्दै लैजाने बताए।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले सफ्टवेयर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग र २८ बटा पालिकाहरुसंग निःशुल्क रगत प्रदान गर्ने सम्झौता भएको जानकारी दिए। उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने भन्दै रक्तदान सम्बन्धी अभियानमा जोडिन उनले आग्रह गरे।

