


भैरहवा,२०असोज। सरकारले बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै असोज १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ०७८ चैत २४ गतेको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँजबुझ समिति रद्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस्तै बैठकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने लगायत २१ वटा निर्णय गरेको छ ।
के-के भए निर्णय ? हेर्नुहोस् सूचीः



