
भैरहवा,२१ असोज। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भैरहवाका साहब आलमसहित १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले गरेको अक्सनमा खेलाडीहरुको न्यूनतम मूल्य १० लाख देखि अधिकतम मूल्य १५ लाखसम्म राखिएको थियो। जसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साहब आलम, प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्।
साहब आलम र भीम काठमाडौं गुर्खाज, प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन्।
क्रिकेट खेल प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म खेलाडी दर्ता खुला गरिएको थियो। दर्ता भएका चार सय २६ खेलाडीबाट एक सय ६२ खेलाडी छनोट गरिएको थियो। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी समेटिएका थिए।
क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।

