
भैरहवा,२१ असोज। नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं उडान गर्ने भएको छ।
अविरल वर्षाका काण आएको बाढी,पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमनमा सहजताका लागि फुलपाती (असोज २४ गते)का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार १५८ सिटको निगमको ए ३२० न्यारोबडी विमानले फुलपातीका दिन बिहीबार विहान ११ बजे काठमाडौं-भैरहवा र त्यहाँबाट सोही दिन १२:३० बजे काठमाडौंका लागि उडान भर्ने तालिका छ।
उनले काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको बताए । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क लैजान सक्ने जनाईएको छ।
निगमका अनुसार दुवै तर्फको टिकट निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिनेछ।

