


सिन्धुली,२२ असोज। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ भिमानमा ऊँट देखा परेको छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाका अनुसार मंगलबार बिहान भिमानको बस्ती नजिकै ऊँट देखा परेको हो। ‘अहिलेसम्म हाम्रो क्षेत्रमा ऊँट देखिएको थिएन। बिहान ऊँट देखिएको खबर आएपछि वन डिभिजन कार्यालयमा खबर गरिएको छ ।उहाँहरु आउँदै हुनुहुन्छ।’

नेपाल जंगलमा ऊँट नपाईने र यस क्षेत्रमा हालसम्म ऊँट नदेखिएकोले हेर्नेको भीड लागेको छ।
डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले ऊँट देखिएको जानकारी प्राप्त भएको र कार्यालयको टोली जान लागेको बताए। भारतबाट ल्याएर कसैले पाल्दै आएको ऊँट फुत्किएर भागेको हुन सक्ने उनले आशंका व्यक्त गरे ।
‘ऊँट मरभुमीमा पाईने जनावर भएकोले नेपालको जंगलमा पाईदैन’ उनले भने, ‘भारतबाट ल्याएर तराई वा आसपासमा पालेर राखिएको अवस्थामा भागेको हुन सक्छ।अरु कुरा पछि खुल्दै जानेछ।’
ऊँट खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन्।

