
पाल्पा, २३ असोज । पाल्पाको डुम्रेमा सवारी दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरी रहेको प्रहरीले जनाएको छ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले र सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।
Advertisement

Advertisement
Advertisement

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठकुरी उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । साथै, मोटरसाइकलमा सवार घाइते भएका रामपुर–१ हाँगेपिपलका प्रवीण ठकुरी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

