
भैरहवा,२४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं विदाको अवधीमा सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन्। गृह जिल्ला अर्घाखाँची पुगेका उनले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् ।
मुख्यमन्त्री आचार्यले निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाट थालेको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रयोगमा रहेको बा १ झ ७८९० नम्बरको गाडी नचढेर उनले बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधनको प्रयोग गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दसैं विदाभरीका लागि फिर्ता समेत गरेका छन् । उनको सुरक्षार्थ प्रयोग हुदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने उनी चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए।

