


विरगंज, २६असोज। पर्साको बलिरामपुर क्षेत्रको गण्डक नहरमा दुर्गा भगवानको मूर्ति विसर्जन गर्ने क्रममा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका-४ का १८ वर्षीय अजितकुमार महतो धानुक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार मृतक धानुक भगवान मूर्ति बिसर्जन गर्नका लागि नहरमा पस्दा डुबेर मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

