Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य परिकार समावेश गर्न सहजीकरण गरिने
    अर्थ

    विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य परिकार समावेश गर्न सहजीकरण गरिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन २८, सोमबार ११:२४ गते
    advertisement
    advertisement
    advertisement

    अर्घाखाँची, २८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताएका छन् । अर्घाखाँची दुग्ध उद्योगको सोमबार अवलोकनको क्रममा किसानहरुसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादित दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनलाई समेटने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका हुन् ।

    ‘समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं । जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ । विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिने गरी कार्यक्रम बनाउन सकिन्छ’उनले भने,‘त्यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्‍याउँछौं ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यसका साथै खुला सिमानाबाट अवैध रुपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाइ गरिएको उनले जानकारी दिए । किसानहरुको गुनासोको आधारमा सीमा क्षेत्रमा कडाइ गरेको र अहिले स्थानीय उत्पादित दूध र दुग्धजन्य पदार्थको विक्रीवितरणको वातावरण सहज बन्दै गएको उनले बताए । जाडो सिजनमा दुध उत्पादन बढ्ने तर, बजार नपाउने समस्या छ । दुग्ध र दुग्धजन्य पदार्थको उत्पादनमा विविधिकरण गरेर बजारीकरणको समस्या समाधान गर्न सकिने मुख्यमन्त्री आचार्यको धारणा छ ।

    दुग्धजन्य पदार्थमा विविधरण गर्दा बटर, घ्यू, खुवाकुराउनी, गुलाबजामुन, कालाजामुन, लालमोहन, बर्फी, पुष्टकारी, गुदपाक, रसवरी, दही, मोही, लस्सी, चीज, छुर्पि, पनिर, आइसक्रिम लगायत उत्पादन हुने र जसबाट दुधको बजारीकरणमा सहजता आउने देखिएको हो ।

    त्यस्तै स्वच्छ दूध उत्पादन, दूध संकलन र चिस्यान, दुग्ध उद्योगको स्थापना, दूध प्रशोधन, दूधको गुणस्तरीय परिक्षण, प्रशोधित दूध र दुग्ध जन्य पदार्थको विक्रीवितरण लगायतका काममा प्रदेश सरकारले सहकार्यको योजना बनाएको छ ।

    ‘किसानले दुधको भुक्तानी नपाएको अवस्था थियो । यो समस्या अहिले समाधान भएको छ । अब मिल्क होलि डे हुन नदिने गरी दुधको विक्रीवितरणलाई सहज बनाउनुपर्ने छ’उनले भने,‘किसानले उत्पादन गरेको दुधलाई देशका ठूला शहरमा पुर्याउने, दुध मात्रै नभएर त्यसबाट बन्ने परिकारहरुको उत्पादन र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम बनाउछौं ।’

    पाउडर दुधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले योजना बनाएको र त्यो योजनालाई अघि बढाउन संघीय सरकारलाई आग्रह गरिएको छ । दुग्ध उत्पादक किसानलाई लक्षित गरेर सरकारले प्रतिफलमा आधारित अनुदान दिदै आएको छ । प्रतिलिटर २ रुपैयाँ अनुदान दिदै आएको सरकारलाई अनुदान रकम बढाउन किसानले ध्यानकर्षण गराएका छन् ।

    अर्घाखाँची दुग्ध उत्पादन तथा विक्रीवितरण सहकारी संस्थाले दुग्ध उद्योग सञ्चालन गरेको छ । जहाँ १ सय ५४ किसान आबद्ध छन् । दैनिक १ हजार ५ सयदेखि २ हजार लिटर दुध संकलन हुँदै आएको छ । उद्योगबाट दुधको प्रशोधन र विक्रीवितरण गरिदै आएको, हाल दुधको विक्रीवितरणमा समस्या परेको सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले बताए ।

    किसानले उत्पादन गर्ने दुधको सहज बजारीकरणमा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने उनको माग छ । ‘विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य पदार्थ अनिवार्य समावेश गर्ने नीति सरकारले लिएको खण्डमा बजारीकरणमा देखिएको समस्या केही हदसम्म पनि समाधान हुने थियो’उनले भने,‘यसो गर्न सकिएको खण्डमा स्थानीय उत्पादनले बजार पाउने, विद्यार्थीको पोषणमा पनि सुधार आउने थियो ।’

    त्यस्तै उनले दुग्ध उद्योगको भवन पुरानो भएकाले प्रदेश सरकारले नयाँ भवन निर्माणका लागि सहयोग गर्नुपर्ने माग राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य दिवा खाजा दूध लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.