


जोमसोम, २९ असोज। मुस्ताङमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-२ मार्फा नजिक ठोक्किदा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा घाइते भएका गोरखा आरु चनौटे-९ का मोटरसाइकल चालक ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए।
मृतक खड्का काठमाडौंबाट माथिल्लो (अप्पर) मुस्ताङका लागि भ्रमणमा निस्किएका थिए। दुर्घटना पश्चात कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

