
भक्तपुर,२९असोज। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोटका ३६ वर्षीय प्रेम तामाङ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङको घरमा खानतलासी गर्दा एक थान पेस्तोल र तीन राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

