


बुटवल,३० असोज। नेपाल प्रहरीको ६९ औं दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी भएका आचार्यले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा राख्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

देशमा भएको विभिन्न आन्दोलनहरु, द्धन्द्धका क्रममा सहादत प्राप्त गरेका प्रहरीप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे।

प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । प्रत्येक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा सात हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरीले झण्डै ८० हजार बढी जनशक्तिका साथ हाल करिब ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।

