


भैरहवा,३०असोज। नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै सुनको मूल्य आकाशिदै गएको छ। बुधवार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य बढेर प्रतितोला सुन १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै उच्च मूल्य हो।

मंगलबार सुन प्रतितोल १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९२५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधवार प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

