


काठमाडौं, २९असोज। मुलुकभरमा डेंगु तीव्र रुपमा फैलिदै गएको छ। जसकारण संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ।
ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७६ जिल्लामा फैलिएको डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ भने ९ जनाको मृत्यु भएको छ।

काठमाडौंमा ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएसँगै संक्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ।
त्यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३५५ र स्याङ्जामा ३३५ जनामा डेंगु सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

