
भैरहवा,२कार्तिक। नेपालको स्थानीय बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
शुक्रबार सुन प्रतितोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रवार सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो।
सुनसँगै चाँदीको मूल्य बढेको छ। बिहीवार १९५० रुपैयाँमा खरिदबिक्री भएको चाँदी शुक्रवार बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

