
काठमाडौ,२ कार्तिक। सरकारमा सहभागी भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ।
विपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा महन्थ ठाकुर सहभागी भएपछि सत्ता गठबन्धनबीच तरंग पैदा भएको हो । लोसपाबाट शरदसिंह भण्डारी श्रम मन्त्री छन्। विपक्षी दलहरुको बैठकमा ठाकुरको सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Advertisement

Advertisement
Advertisement

महन्थको सहभागिताले सत्ता गठबन्धनमा असर नपर्ने भएपनि महन्थ सत्ता गठबन्धनबाट असुन्तष्ट रहेको देखिएको छ।

