
काठमाडौं,२ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरुको बैठकमा लोसपा नेपालका अध्यक्ष एवं सत्ता गठबन्धनका नेता महन्थ ठाकुरको सहभागिताले तरंग उत्पन्न भएपछि लोसपाले अध्यक्षलाई झुक्याएर बोलाएको दावी गरेको छ।
लोसपा नेपालका महासचिव मनिष मिश्रले अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।
Advertisement

Advertisement
Advertisement

‘पार्टी सरकारमा छ । विपक्षी दलको बैठकमा जाने कुरा भएन ‘ उनले भने, माओवादी अध्यक्ष प्रचण्डले समसामयिक विषयमा छलफल गर्नुपरेकोले भनेर बोलाएपछि अध्यक्षज्यू जानु भएको हो। त्यहाँ पुग्दा विपक्षी दलका नेताहरु रहेछन् जसलाई विपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’ उनले अध्यक्ष ठाकुर बैठकमा सहभागी भएपछि कुरा सुनेर मात्र फर्किएको बताए।
अध्यक्ष ठाकुरले बैठकमा केही कुरा नगरी उनीहरूको कुरा सुनेर फर्किएको महासचिव मिश्रले बताए । लोसपाबाट शरदसिंह भण्डारी श्रम मन्त्री छन्।

