
भैरहवा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले सरकार र सत्तारुढ दलका नेताहरुकोचर्को आलोचना गरेका छन् ।
पक्राउ पूर्जी जारी भएको विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएसँगै लामिछानेले फेसबुक स्ट्याट्स लेख्दै सरकार र सत्तारुढ दलका नेताहरुको चर्को आलोचना गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ उनले प्रधानमन्त्री केपी ओलीतर्फ ईंगित गर्दै प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’
पूर्व उपप्रधान एंव गृहमन्त्री समेत रहेका लामिछानेले पक्राउ पूर्जी जारी गराएर भाटभटेनीको इस्यू पनि मोड्न पाईने बताएका छन्।
हेर्नुहोस् रवि लामिछानेको स्ट्याट्स:


