
भैरहवा,३ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार देखि संचालन भएको बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही-११ ले श्रीलंकाको श्रीलंका स्टेट सर्विसलाई ९ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको श्रीलंकाको टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ८६ रनको बनाएको थियो। जसका लागि श्रीलंकाका राजबिरा र समिरा परेराले समान १६/१६ रन बनाए । यस्तै नानी वासुपल्लीले १५ रन र समन कुमाराले १४ रनको योगदान दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बलिङ्ग तर्फ नेक्सस नेपालका सहाब आलमले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिन सफल भए । यस्तै दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २/२ विकेट लिए ।
८७ रनको विजयी लक्ष्य सहित मैदानमा पसेको नेपालको प्रतिनिधित्व गर्दै नेक्ससले ७ दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।
नेक्ससको जितका लागि शंकर रानाले ५३ रनको अर्धशतकीय पारी खेले। उनले २८ बलको सहयोगमा ५ छक्का र ३ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले नटआउट ३१ रनको योगदान गरे। बलिङ्गमा श्रीलंकाका समीरा परेराले मात्र एक विकेट लिन सकेका थिए ।
प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही-११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टिम सहभागीता रहेको छ।
प्रतियोगितामा बिजेता टिमलाई ५ लाख र उप बिजेता टिमलाई ३ लाख रुपैयाँको पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।

