Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बीपी कोइराला स्मृति कपः नेक्सस रुपन्देहीद्धारा श्रीलंका ९ विकेटले पराजित
    खेलकुद

    बीपी कोइराला स्मृति कपः नेक्सस रुपन्देहीद्धारा श्रीलंका ९ विकेटले पराजित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ३, शनिबार २०:१४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,३ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार देखि संचालन भएको बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही-११ ले श्रीलंकाको श्रीलंका स्टेट सर्विसलाई ९ विकेटले पराजित गरेको छ ।

    टस हारेर ब्याटिङ्गको निम्तो पाएको श्रीलंकाको टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ८६ रनको बनाएको थियो। जसका लागि श्रीलंकाका राजबिरा र समिरा परेराले समान १६/१६ रन बनाए । यस्तै नानी वासुपल्लीले १५ रन र समन कुमाराले १४ रनको योगदान दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बलिङ्ग तर्फ नेक्सस नेपालका सहाब आलमले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिन सफल भए । यस्तै दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २/२ विकेट लिए ।

    ८७ रनको विजयी लक्ष्य सहित मैदानमा पसेको नेपालको प्रतिनिधित्व गर्दै नेक्ससले ७ दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।

    नेक्ससको जितका लागि शंकर रानाले ५३ रनको अर्धशतकीय पारी खेले। उनले २८ बलको सहयोगमा ५ छक्का र ३ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले नटआउट ३१ रनको योगदान गरे। बलिङ्गमा श्रीलंकाका समीरा परेराले मात्र एक विकेट लिन सकेका थिए ।

    प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही-११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टिम सहभागीता रहेको छ।

    प्रतियोगितामा बिजेता टिमलाई ५ लाख र उप बिजेता टिमलाई ३ लाख रुपैयाँको पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट नेक्सस क्रिकेट एकेडेमी भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.