
काठमाडौं,४ कार्तिक। शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा कार्त्तिक १० गते लिने भएको छ। आयोगले परीक्षार्थीको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरिसकेको छ।
आयोगका अनुसार माध्यमिक तह अध्ययन अनुमति पत्रका लागि ४४ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन्। जसअनुसार कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मधेश प्रदेशबाट ७ हजार २ सय २२ जना रहेको र परीक्षा केन्द्र धनुषा तोकिएको छ। यसैगरी बागमती प्रदेशबाट ५ हजार परीक्षार्थीहरूले परीक्षा दिँदैछन्। परीक्षा केन्द्र मकवानपुर रहेको छ।
बागमती प्रदेशबाट ५ हजार १२५ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र ललितपुर तोकिएको छ। आयोगका अनुसार गण्डकी प्रदेशमा परीक्षा केन्द्र कास्की तोकिएको छ भने त्यहाँबाट ३ हजार १०० जनाले परीक्षा दिँदैछन्।
लुम्बिनी प्रदेशमा दाङ परीक्षा केन्द्रबाट ६ हजार ८०२ जना परीक्षार्थीहरू परीक्षा दिँदैछन्। कर्णाली प्रदेशबाट ४ हजार ३१२ जना परीक्षा रहेका छन्। परीक्षा केन्द्र सुर्खेत तोकिएको छ।
सुदूरपश्चिम प्रदेशबाट ५ हजार ९७५ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र कैलाली तोकिएको छ। शिक्षक सेवा आयोगले गत साउन २६ गते मावि लाइसेन्सको लागि विज्ञापन गरेको थियो। आयोगका अनुसार परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ।

