
भैरहवा,५ कार्तिक । भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठुलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बरामद चिनीको करिब १५ लाख मूल्य बराबरको रहेको बताए।
बरामद चिनी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

