Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मोरङ प्रहरीः एसपी तानिएपछि घुमुवाहरु पनि अनुसन्धानमा
    प्रमुख समाचार

    मोरङ प्रहरीः एसपी तानिएपछि घुमुवाहरु पनि अनुसन्धानमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ६, मंगलवार १२:३३ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ६ कार्तिक। आर्थिक लेनदेनमा मुछिएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएपछि त्यहाँ रहेको घुमुवाहरु पनि अनुसन्धानमा तानिएका छन्।

    एसपी कार्कीलाई प्रहरी हेडक्वाटरमा तानेर एसपी राजन लिम्बुको मोरङमा काज सरुवा गरिएको थियो। तर, नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले लिम्बुको नामलाई लिएर असन्तुष्टि जनाएपछि उनको काज सरुवा रद्द गरेर मोरङमा एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मोरङमा प्रहरी सेटिङमै तस्करी र जुवा गतिविधि भएको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार खगेन्द्र राउत रसहायक हवल्दार सरोज श्रेष्ठलाई प्रदेशमा तानेर छानबिन प्रक्रिया अघि बढाएको छ।

    घुमुवा प्रहरीका रुपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रुपैयाँ लिएको आरोप छ ।

    चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए। उनका अनुसार ती सबैमाथि अनलाइन जुवाको सेटिङ गर्ने र त्यसबापत रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि संरक्षण गर्ने गरेको आरोप छ ।

    त्यस्तै मोरङबाट तानिएका एसपी कार्कीले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोपमा पनि छानबिन सुरु गरिएको छ। कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङका अनुसार घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोशी प्रदेश क्रिप्टो करेन्सी घुमुवा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङ नेपाल प्रहरी मोरङ मोरङ प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.