
भैरहवा,६ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको छ।
सोमबार प्रहरीले ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भित्राइएको तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी लक्ष्मी खनालका अनुसार चेकजाँचको क्रममा एघार लाख ५१ हजार बढी मूल्य बराबरको मोबाइलसहित ७० जोर जुत्ता, आठ कार्टुन चकलेट, चार बोरा बुकि पेपर र ७० किलो ताजा फुल तथा फुलका विरुवाहरु बरामद भएको छ।
बरामद साम्रगीहरु आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

