


दाङ, ८ कार्तिक। नबालिकालाई जबरजस्ती करणीको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका दुई जना सुरक्षाकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सशस्त्र प्रहरी बल, नेपाल २९ नम्बर ज्वालामाई गण, दाङमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेको प्रहरीले जनाएको छ।
गत असोज २४ गते पिङ खेल्न आएको एक जना ८ वर्षीया नाबालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप छ ।

बलात्कारको आरोपपछि सशस्त्र प्रहरीले नै दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

