
सिमरा, ८ कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ।
बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिएको अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका-४ बाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताए।

