
उदयपुर,९ कार्तिक। कौडा खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिकाका राजु कार्की, बिजय राई, रबिन्द्र राई, बसन्त राई, गेशराज राउत, पदम राई, रौतामाई गाउँपालिकाका कमल तामाङ, मनोज मगर र जयकुमार राई रहेको प्रहरीले जनाएको छ।
उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुन माथानेटोल स्थित कुखुराको फार्म हाउसमा जुवा खेलिरहेको अवस्थामा नगद चार लाख १४ हजार बढी रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको उदयपुरका एसपी हरीहरनाथ योगीले बताए ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेकाहरु उपर जुवा ऐन अन्र्तगत कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

