


दाङ,१२ कार्तिक। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर मृत अवस्थामा भेटिएका छन् ।
गत असोज २४ गते पिङ खेल्न आएको नाबालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्नका लागि प्रहरी नियन्त्रणमा लिइएको थियो।

आफैंले लगाएको कपडाको पासो लगाएर शौचालयमा भेन्टिलेसनमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसी जानकारी दिए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

