
बर्दिया, १२ कार्तिक। बर्दियामा भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट एक थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित राजापुर नगरपालिका-१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारी समेत ३ जनालाई पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

