
दाङ, १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए ।
संघीय सरकारले वित्तीय समानीकरण अनुदान नपठाउँदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।
Advertisement

Advertisement
Advertisement

‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो’उनले भने,‘सरकारले बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ ।’
उनले निर्माण व्यवसायीले ईमान्दारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पारे । उनले योजना कार्यान्वयन गरेको आधारमा जेठ महिनाभित्र भुक्तानी लिन समेत आग्रह गरे । ‘काम सम्पन्न गर्नुभएको छ । तर, भुक्तानी लिन किन असार २५ गते नै कुनुपर्यो ?’ उनले भने ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्ने गरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउँदै छिटो भुक्तानीको लागि आग्रह गरे ।
प्रदेशमा प्रयोगशाला
लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तरीय परीक्षणका लागि प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा भालुबाङमा प्रयोगशाला स्थापना गरिएको छ ।
उक्त प्रयोगशाला सरकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ। जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको नब्बे लाख रुपैयाँ लगानी छ ।

