Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अटो-टेम्पो तथा ई-रिक्सा व्यवस्थापनमा लाग्यो सिद्धार्थनगर
    फोकस लुम्बिनी

    अटो-टेम्पो तथा ई-रिक्सा व्यवस्थापनमा लाग्यो सिद्धार्थनगर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक १३, मंगलवार १६:५२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १३ कार्तिक। नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ ।

    हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासीरोड तथा बेलहियामा हुँदै आएको ठुला सवारी साधनको अब्यबस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अब अटो टेम्पो तथा ई–रिक्सालाई पनि त्यसैगरी व्यवस्थित गर्न लागेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, उचित भाडादर लागुु गर्ने जस्ता बिषयहरु जोडिएकाले अटो–टेम्पो तथा ई–रिक्सा व्यवस्थापनमा सबैले सहयोग पुर्याउनुु पर्ने बताए ।

    उनका अनुसार सबै सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा संचालन हुँदै आएका अटो–टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार गरेको छ । उक्त मापडण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा संचालन हुनेछन् । ति सबै नगरपालिकामा अनिवार्य दर्ता हुनुुपर्नेछ । यसमध्ये हाल ३ सय ८० अटो तथा ई–रिक्सा दर्ता भइसकेको नगरपालिका कार्यालयले जनाएको छ।

    दर्ता हुन बाँकी रहेका १ सय २० वटा अटो तथा ई–रिक्साका लागि नगरपालिकाले कार्तिक २० देखि ३० गते भित्र दर्ता गर्नका लागि आह्वान गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अटो–टेम्पो तथा ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा लगिने भएकाले मापदण्ड पुुरा भएका सम्बन्धित ब्यबसायीले समयमै आफ्नो सवारी दर्ता गरी रुट इजाजत लिन आग्रह गरे ।

    नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा ई–रिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । त्यसपछि दर्ता प्रक्रियाको समय सकिएपछि कडाइका साथ अनुुगमन गरिने उनले बताए ।

    मापदण्ड अनुसार राजमार्गबाहेक सर्भिस लेन र नगरका भित्री सडकमा संचालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडा लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् । नगरभित्रका सडकको क्षमता, स्थानीय नगरवासीको आवश्यकता र औचित्यको आधारमा मात्र दर्ता गरी संचालन गरिने थापाले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ ई-रिक्सा ट्राफिक व्यवस्थापन भैरहवा सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.