
भैरहवा,२१ कार्तिक । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान झोङ र म्यानमारका सातनाइन टुङ र इन ङोन फू रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
दुबईको शारजाहबाट १२ थान स्पिकरमा लुकाएर ल्याएको ५ किलो ७ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गएरराति एयर अरेबियाको उडान नम्बर जी ९५३० बाट काठमाडौं विमानस्थलमा ओर्लिएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र रहेको स्पिकरबाट सुन बरामद भएको हो ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

