
मर्चवार,२२ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुले मर्चवारीदेवी मन्दिर परिसरमा सरसफाई गरी मन्दिर समितिलाई विभिन्न सामान हस्तान्तरण गरेका छन् ।
मर्चवारीदेवी मन्दिर परिसरमा रहेको हनुमान मुर्तीमा रंगरोगन गर्ने आवश्यक देखिएपछि कोटहीमाई गाउँपालिका-६ नकहियाका युवा शिवदास गुप्ताले सामाजिक संजाल मार्फत आर्थिक संकलनका लागि अभियान चलाएका थिए ।
Advertisement

Advertisement
Advertisement

तर, मुर्ती रंगरोगन अर्कै निकायबाट हुने भएपछि संकिलत रकमले मन्दिर समितिलाई आवश्यक विभिन्न साम्रगी हस्तान्तरण गरिएको उनले बताए । कोटहीमाई गाउँपालिकाका कर्मचारी समेत रहेका गुप्ताले सामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए ।
उनका अनुसार मर्चवारका युवाहरुको उपस्थितीमा बुधवार मन्दिर परिसरमा सरसफाई गरी २० थान डस्टबिन, फोहोर संकलनका लागि ४० थान बोरा र १० थान कुचो मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ।

समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले मर्चवारीदेवी मन्दिरको फोहोर ब्यवस्थापन प्रति मन्दिर ब्यवस्थापन समिति सक्रिय हुनुपर्ने बताए ।
समाजिक कार्यमा युवाहरुले हाथेमालो गरेर अघि बढ्नु अवस्था रहेको भन्दै मन्दिर प्रांगणमा भण्डारा, मुन्डन, भोज भतेर गर्नेहरुलाई जथाभावी फोहोर नफाल्न र त्यसका लागि समितिले पनि ध्यानदिनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित रामजीवन यादवले मन्दिर जस्तो पवित्र स्थललाई सफा राख्न हरेक नागरिकको कर्तब्य रहेको बताए । मर्चवारीदेवी मन्दिर मर्चवारकै धरोहर रहेको बताउदै यसको विकास र ब्यवस्थापनको लागि हरेक मर्चवारवासी सहित हरेक सनातनीले सकारात्मक हुनुपर्ने बताए ।
सम्मरीमाई गाउँपालिका-६ असुरैनाका युवा शिवसरण लोध (कृष्णलाल) ले मन्दिर संगै प्रत्येक टोल, बस्ती तथा चोकलाई पनि युवाहरुले फोहोर मुक्त बनाउनमा जुटनुपर्ने बताए । आगामी दिनमा अब्यवस्थित फोहोरले समाजको लागि घातक रहेको भन्दै समयमा नै सबैले प्लाष्टिक सहित अन्य फोहोरको उचित ब्यवस्थापन र सार्बजनिक स्थलको नियमित सरसफाई गर्नुपर्ने बताए ।

