


काठमाडौं,३० भदौ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको निर्वाचन निर्देशिका–२०८३ मा सभापति पदका उम्मेदवारका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको हो।

निर्देशिकाले वडा सदस्यदेखि केन्द्रीय कार्यसमितिको सभापतिसम्मका विभिन्न पदमा उम्मेदवारी दिन आवश्यक मापदण्ड तथा दस्तुर निर्धारण गरेको छ।
जसअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार रुपैयाँ, सहमहामन्त्रीका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका उम्मेदवारले ११ हजार रुपैयाँ तोकिएको छ।

