


भैरहवा, ३० भदौ। भारतबाट नेपाल आयल निगमका लागि ल्याइएको डिजेल भैरहवामा चोरी गरिररहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिएको हो।

नेपाल आयल निगमका ट्याङ्करबाट सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर, करिब ३० लिटर डिजेल र एक जना सहचालकलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जननएको छ।
प्रहरीका अनुसार, कारबाही गर्ने क्रममा दुईवटा ट्याङ्कर लु २ ख १५४४ र लु १ ख ६५०४ घटनास्थलमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर त्यहाँबाट लिएर हिडेपछि पछ्याएर नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

