


भैरहवा,३० भदौ। रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरबाट प्रहरीले हतियार र छर्रासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिईएकाहरुमा ओमसतिया गाउँपालिका–६ नरैनापुरका २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, धवलको घरमा कटुवा पेस्तोल लुकाएर राखिएको सूचनाको आधारमा घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र सोको छर्रा २५ राउण्ड बरामद भएको हो। प्रहरीले जारी गरेको हतियारको तस्विर ‘एयरगन’ जस्तो देखिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

