
भैरहवा,२२ कार्तिक । नेपालको स्थानीय बजारमा तिहारअघि सम्म उकालो लाग्दै सुनको मूल्य तिहार पछि निरन्तर ओरालो लाग्दै गएको छ । बिहीवार सुन प्रतितोला चार हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको बिहीवार प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीवार चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

