
धनगढी,२५ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेको सडक आन्दोलनको कुनै तुक नभएको बताएका छन् ।
आइतबार धनगडी विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले अदालतप्रति विश्वास गर्नुपर्ने बताए । ‘हाम्रो पार्टीका नेताहरुमाथी पनि छानबिन भएको थियो।पक्राउ परेका थिए’,उनले भने, ‘हामीले कहिले हो-हल्ला गरेनौं । रास्वपाले पनि अदालतलाई विश्वास गर्नु पर्यो नि।’
Advertisement

Advertisement
Advertisement

साथै उनले सत्ता गठबन्धमा कुनै असमझदारी र समस्या नरहेको भन्दै ०८४ सालसम्म गठबन्धन टिक्ने बताए ।

