
काठमाडौं,२५ कार्तिक। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगिएको छ ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। जसकारण उनले मन्त्री पदबाट राजीनामा समेत दिएका थिए। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरेको छ ।
Advertisement

Advertisement
Advertisement

अधिकारी केहिदिन अघि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ।
उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए। तर टोकियोको विमानस्थलस्थित अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप छ। निवर्तमान मन्त्री अधिकारीले आफूलाई फसाइएको दाबी गर्दै अनुसन्धानमा सघाउने बताएका छन् ।

