
भैरहवा, २५ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ताराबहादुर जिटीले विपन्न विद्यार्थी र मस्जिदमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
वैदेशिक रोजगारका लागि नेदरल्याण्डमा बस्दै आएका जिटी घर विदा आएको बेला उनले ओमसतिया गाउँपालिका–२ पडसरी स्थित श्री कोटही आधारभूत विद्यालयमा अध्यरनत दुई जना विद्यार्थी र सोही वडाको बर्दिहवामा रहेको मस्जिदमा आर्थिक सहयोग प्रदान गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

कक्षामा ८ मा अध्यरनत विद्यार्थी अनुज धरिकार र कक्षा ५ मा अध्यनरत विद्यार्थी आयशा निशालाई जनही एघार हजार रुपैयाँ र मस्जिदमा आठ हजार रुपैयाँ उपलब्ध गराएको ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जिटीले बताए ।

अभिभावकको उपस्थितीमा विद्यार्थीलाई रकम हसान्तरण गर्दै उनले अध्यापन कार्यका लागि रकम खर्च गर्न आग्रह गरे । विद्यार्थीहरु भविष्यको कर्णधार रहेको र आफ्नो सानो सहयोगले उनीहरुको अध्यापनका सहजता आउनेमा उनले विश्वास व्यक्त गरे ।
श्री कोटही आधारभूत विद्यालयको प्रधानध्यापक सुभद्रा न्यौपानेसँग विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुका बारेमा जिज्ञासा राख्दै उनले अगामी दिनमा अक्षयकोष स्थापना गरेर वा अन्य कुनै माध्यमले विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने बताए ।
‘आफुले कमाएको मध्ये विपन्न परिवार र मस्जिदमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी छु’,उनले भने,‘आफ्नो गाउँठाउँमा सहयोग गर्न पाइराखौँ र आफुले सकेको सहयोग अरुलाई गर्नु नै मानवता हो । सानो सहयोगले पनि थोरै भएपनि राहत हुने विश्वासले मैले सहयोग गरेको हु ।’ उनले अगामी दिनहरुमा पनि स्थानीयहरुलाई सहयोग गरिरहने बताए ।

अझै पनि धेरै विपन्न विद्यार्थीहरु आर्थिक समस्याको कारण अध्यापनका लागि अधिक समस्या झेलिरहेका छन् । तर, केही संघसंस्था, समाजसेवी लगायतले विपन्न विद्यार्थी छात्रबृति लगायत माध्यमले उनीहरुलाई सहयोग गर्दा केहीले राहत महसुस गरेका छन् ।
विपन्न विद्यार्थीहरुका लागि सरकारले विनियोजन गर्ने बजेटमा पहुँच नभएका विद्यार्थीहरु झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुदाँ उनीहरु छात्रवृति प्राप्त गर्न असफल छन् ।


