Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विपन्न विद्यार्थी र मस्जिदमा ताराले गरे आर्थिक सहयोग
    प्रमुख समाचार

    विपन्न विद्यार्थी र मस्जिदमा ताराले गरे आर्थिक सहयोग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २६, सोमबार १५:२४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ताराबहादुर जिटीले विपन्न विद्यार्थी र मस्जिदमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

    वैदेशिक रोजगारका लागि नेदरल्याण्डमा बस्दै आएका जिटी घर विदा आएको बेला उनले ओमसतिया गाउँपालिका–२ पडसरी स्थित श्री कोटही आधारभूत विद्यालयमा अध्यरनत दुई जना विद्यार्थी र सोही वडाको बर्दिहवामा रहेको मस्जिदमा आर्थिक सहयोग प्रदान गरेका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कक्षामा ८ मा अध्यरनत विद्यार्थी अनुज धरिकार र कक्षा ५ मा अध्यनरत विद्यार्थी आयशा निशालाई जनही एघार हजार रुपैयाँ र मस्जिदमा आठ हजार रुपैयाँ उपलब्ध गराएको ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जिटीले बताए ।

    अभिभावकको उपस्थितीमा विद्यार्थीलाई रकम हसान्तरण गर्दै उनले अध्यापन कार्यका लागि रकम खर्च गर्न आग्रह गरे । विद्यार्थीहरु भविष्यको कर्णधार रहेको र आफ्नो सानो सहयोगले उनीहरुको अध्यापनका सहजता आउनेमा उनले विश्वास व्यक्त गरे ।

    श्री कोटही आधारभूत विद्यालयको प्रधानध्यापक सुभद्रा न्यौपानेसँग विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुका बारेमा जिज्ञासा राख्दै उनले अगामी दिनमा अक्षयकोष स्थापना गरेर वा अन्य कुनै माध्यमले विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने बताए ।

    ‘आफुले कमाएको मध्ये विपन्न परिवार र मस्जिदमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी छु’,उनले भने,‘आफ्नो गाउँठाउँमा सहयोग गर्न पाइराखौँ र आफुले सकेको सहयोग अरुलाई गर्नु नै मानवता हो । सानो सहयोगले पनि थोरै भएपनि राहत हुने विश्वासले मैले सहयोग गरेको हु ।’ उनले अगामी दिनहरुमा पनि स्थानीयहरुलाई सहयोग गरिरहने बताए ।

    अझै पनि धेरै विपन्न विद्यार्थीहरु आर्थिक समस्याको कारण अध्यापनका लागि अधिक समस्या झेलिरहेका छन् । तर, केही संघसंस्था, समाजसेवी लगायतले विपन्न विद्यार्थी छात्रबृति लगायत माध्यमले उनीहरुलाई सहयोग गर्दा केहीले राहत महसुस गरेका छन् ।

    विपन्न विद्यार्थीहरुका लागि सरकारले विनियोजन गर्ने बजेटमा पहुँच नभएका विद्यार्थीहरु झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुदाँ उनीहरु छात्रवृति प्राप्त गर्न असफल छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आर्थिक सहयोग ओमसतिया गाउँपालिका पडसरी विपन्न विद्यार्थी श्री कोटही आधारभूत विद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.