


भैरहवा,२५ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्ना ग्राहकलाई ‘टाइगर रिवार्डस’ दिने भएको छ । जसका लागि उसले ‘टाइगर रिवार्डस’ कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
रिसोर्टका अनुसार ग्राहकको नियमित संलग्नताका आधारमा उनीहरुले रिर्सोटप्रति देखाएको निष्ठाको सम्मान स्वरुप यो कार्यक्रम सञ्चालन गरिएको हो । नियमित सेवा लिने ग्राहकलाई सम्मान प्रकट गर्न सेवामा विशेष छुट व्यवस्था गरिएको रिसोर्टद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

‘टाइगर प्यालेसमा आएर नियमित सेवा लिने ग्राहकलाई कोठा, खाना, स्पा लगायत सुविधामा विशेष छुटको व्यवस्था गरिएको छ’,रिर्सोटका प्रमुख कार्यकारी अधिकृत दीपक लेखक भने, ‘हामीप्रति ग्राहकले देखाएको मायाको सम्मान स्वरुप छुट व्यवस्था गरेका हौं ।’
ग्राहकलाई सम्मान प्रदान गर्न रिर्सोटले निश्चित मापदण्ड तय गरेको बताइएको छ । ग्राहकले लिएको सेवाका आधारमा उनीहरुलाई छुट प्रदान गरिनेछ ।

